१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

कोरोना अध्यादेश उल्लघंन गरे ५ लाख जरिवाना र एक बर्ष जेल सजाय



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको ‘कोभिड–१९ संकट ब्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको अध्यादेश–२०७८’को पालना नगर्ने संस्था वा ब्यवसायीलाई ६ महिनासम्मका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गरेर यस्तो आदेश दिएको हो । त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे १ सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना गर्न आदेश दिएको छ ।

त्यस्तै, अध्यादेश बमोजिक दिइएको आदेश कुनै ब्यक्तिले उल्लंघन गरेमा १ लाख रुपैयाँ र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने जानकारी गराइएको छ । त्यस्तै, जारी वक्तव्यमा अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !