१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सर्वोच्च अदालतः १४६ सांसदको रिटमाथिको सुनुवाई शुक्रबार हुने



सर्वोच्च अदालतमा सशरिर उपस्थित भएर सोमबार दायर भएको रिटको शुक्रबार सुनुवाई हुने भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध प्रतिनिधिसभाका बहुमत सांसद एक सय ४६ जनाले सर्वोच्चमा रिट दायर गरेका छन् । रिटमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश दिइनुपर्ने मागसमेत गरिएको छ ।

सर्वोच्च अदालतमा कुल २८ वटा रिट दायर भएका छन् । केपी ओलीको पक्षबाट पनि चारवटा रिट दर्ता भएका छन् । बाँकी २४ रिटहरु ओलीको बिरुद्धमा छन् । २८ वटा रिटमध्ये ९ वटा रिट संवैधानिक इजलासमा सोझै जान्छन् । बाँकी १९ वटा रिटको पेशी सामान्य बेञ्चबाटै तोकिन्छ ।

आज मंगलबार सबै निवेदनहरू कम्प्युटरमा इन्ट्री हुने, बुधबार बुद्धजयन्तीका कारण सार्वजनिक विदा र विहिबार संवैधानिक इजलास बस्ने भएकाले सम्भवतः शुक्रबार मात्रै रिट सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !