Friday, January 17, 2025

ट्रेन्डिङ :

प्रचार मोहको लागि मन्त्रीको फोटो टाँसेर अक्सिजन सिलिण्डर बाँडियो

spot_img
spot_img
spot_img

काठमाडौं । नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ ।

मन्त्री आलेले डोटी जिल्ला अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेर ती स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराएका छन् ।

विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचना भइरहेको छ । कतिपयले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।

मन्त्री आलेले भने व्यक्तिगत खर्चमा किनिएका सामग्री डोटी र धनगढीका अस्पतालमा दिएको बताए । ‘१५ वटा स्वास्थ्य विभाग टेकुले दिएको छ । ११० वटा मैले मेरो खल्तीको पैसा हालेर किनेको हुँ,’ मन्त्री आलेले हिसाब सुनाए, ‘तीमध्ये ७५ वटा डोटी जिल्लाभरि र ५० वटा धनगढी सेती प्रादेशिक अस्पतालमा पठाएको छु । यसैगरी दुई लाख मास्क डोटीमा र ५० हजार मास्क धनगढीको सेती प्रादेशिक अस्पतालमा दिएको छु । अनि चारवटा अक्सिजन कन्सन्ट्रेटर डोटीमा दिएको छु । यी सामग्री ढुवानी गर्न मात्रै एक लाख ८० हजार जति खर्च भएको छ ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?