१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सभामुख सापकोटाले पूर्वसभामुखहरूको बैठक बोलाए, नेम्बाङ अनुपस्थित



काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूको बैठक बोलाएका छन् । अहिले दिउँसो १ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरू भएको बैठकमा प्रतिनिधिसभा विघटन भएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पूर्वसभामुखहरुसँग छलफल गरेर सभामुखले अबको अवस्था र सभामुखको अबकको भूमिका के हुने भन्नेबारे निर्णय लिने बताइएको छ ।

बैठकमा पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङ भने सहभागी छैनन् । अन्य पूर्वसभामुखहरु भने कोही भौतिक रूपमै उपस्थित भएर र कोही भर्चुअल माध्यमबाट छलफलमा सहभागी भएको बताइएको छ । पूर्वसभामुखहरू रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा बैठकमा उपस्थित भएका छन् । साथै पूर्वसभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाट भर्चुअल माध्यममार्फत छलफलमा जोडिएका छन् । रानाभाट पोखरामा भएका कारण र ढुंगाना कोरोनाको जोखिमका कारण भन्दै भर्चुअल रूपमा जोडिएका हुन् । तर प्रधानमन्त्री केपी ओलीको विश्वासपात्र रहेका पूर्वसभामुख नेम्बाङ भने खबर ढिलो पाएको र अन्य कार्यसूचीमा व्यस्त रहेको भन्दै छलफलमा सहभागी भएनन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय