१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

निषेधाज्ञा थप्न र कडाइ गर्न उपत्यकाका तीन सीडीओको बैठक बस्दै, थप निर्णय हुन सक्ने



निषेधाज्ञा थपबारे निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक मंगलबार ४ बजे बस्ने भएको छ ।
दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा निषेधाज्ञा थप गर्नेबारे छलफल हुने बताइएको छ ।

एक महिना लामो निषेधाज्ञा बिहीबार राति १२ बजेबाट सकिने भएपछि थप गर्ने र झन कडा परिने तयारी छ ।

गृह मन्त्रालयले पनि राजनीतिक गतिविधि बढ्नसक्ने देखिएकाले थप कडाइ गर्न सीडीओहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले अहिलेकै अवस्थामा एक महिनाभित्र कोरोना संक्रमण दर कम हुने आकलन गरिएको जनाएको छ। अ र्कातर्फ मन्त्रालयले नै स्वास्थ्य संकटकाल लगाउनेसम्मको तयारी समेत गरिरहेको छ । आज बस्ने भनिएको सिडिओको बैठकले थप निर्णय गर्न सक्ने बताइएको छ ।

उपत्यकाका तीन जिल्लाले भने मंगलबार मोटामोटी मोडालिटीबारे छलफल गरेर बुधबार थप निषेधाज्ञाको घोषणा गर्ने तयारी छ। उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !