भारतमा कोरोना भाइरसको प्रभाव दैनिक घटिरहेको देखिएको छ। गत मे ८ देखि त संक्रमितको संख्यामा ह्वात्तै कमी आएको छ।
गएको २४ घण्टामा भारतमा दुई लाखभन्दा कम संख्यामा कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १ लाख ९६ हजार ४२७ नयाँ कोरोना संक्रमित थपिँदा सोही अवधिमा ३ हजार ५११ को ज्यान गएको छ।
तथ्यांकअनुसार यसै मे महिनाको ८ तारिखसम्म भारतमा दैनिक ४ लाखको दरले कोरोना संक्रमित थपिरहेका थिए। त्यस मितिबाट ह्वात्तै संक्रमितहरु घटिरहेका छन्। गएको दुई हप्ताको अवधिलाई मध्यनजर गर्दा भारतमा कोरोना संक्रमणमा ५० प्रतिशतले गिरावट आएको छ।
अहिलेसम्म २ करोड ४० लाख ५४ हजार कोरोना मुक्त भएका छन् भने त्यहाँ २५ लाख ८५ हजार सक्रिय संक्रमित छन्।