Wednesday, February 19, 2025

ट्रेन्डिङ :

तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता हुनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड–१९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् । ओलीले कोभिड–१९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरूको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ काम अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।

खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो । नागरिकहरुलाई खोप दिनुपर्छ । खोपको प्रभावकारीता देखिएकोले पहिलो प्राथमिकता भनेको खोप हो । त्यस्तै विभिन्न देशबाट उपलब्ध भएका छन् र उपलब्ध भएका सामाग्रीहरूको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपुर्णरुपमा अस्पतालहरुमा वितरण गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । आवश्यक ऐन नियम नभएका कारण समस्या भएपनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्सनमा जान कोरोना–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिए । कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा कोरोना–१९ व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थिति थियो । सोमबार सरकारले कोरोना व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?