Sunday, March 16, 2025

ट्रेन्डिङ :

मुलुकको अस्मितालाई चुनौति दिने जनमतसंग्रह स्वीकार्य हुनै सक्दैन : रतन भण्डारी

spot_img
spot_img

काठमाडौं : सीमा मामिलाका जानकार तथा लेखक रतन भण्डारीले जनमतसंग्रह जस्तो मुद्दा नेपालका लागि अस्वीकार्य रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै विज्ञ भण्डारीले जनमतसंग्रह एकथरी पृथकतावादीहरुले नै जनमत संग्रहको मुद्दा उठाइरहेको र जनमत पार्टी नै खोलिसकेकाले त्यस्तो विखण्डनकारीका मुद्दालाई बल पुग्ने गरी वामपन्थीहरुले प्रजातान्त्रिक अभ्यासका नाममा गलत नजीर स्थापित हुने गरी जनमत संग्रहलाई अघि सार्नु झनै गलत कुरा भएको बताएका छन् । त्यस्तै उनले अगाडी लेखेका छन्, प्रजातान्त्रिक अभ्यासका नाममा मुलुकको अस्मितालाई चुनौति दिने जनमत संग्रह नेपालको हकमा स्वीकार्य हुनै सक्दैन भण्डारीले लेखेका छन् ।

त्यस्तै सीमा मामिलाका जानकार भण्डारीले यस अघि नै देशलाई भूगोलको आधारमा नभई जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने राष्ट्रघाती काम भइसकेको समेत बताएका छन् । वर्तमान सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्दै आप्रवासी एवं गैरनेपालीलाई नागरिकता दिने, अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने गलत निर्णय गरिसकेको छ । यसरी विदेशीलाई नेपाली नागरिक बनाउने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, जनसंख्याका आधारमा तिनै नेपाली नागरिक बनाइएका आप्रवासी र तिनका सन्तानहरुलाई राज्यको नीतिनिर्माण तहमा पुग्ने मार्ग प्रसस्त गर्ने, विदेशी अंगीकृतका सन्तानले वंशजको नागरिकता पाएर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, प्रहरी प्रमुख बन्ने बाटो खोल्ने अनि जनमत संग्रहको मुद्दालाई जिम्मेवार वामपन्थी दलले नै संस्थागत गर्दै राजनीतिक एजेन्डा बनाउन थालेपछि मुलुकको भविष्य कतातिर जाला भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनमतसंग्रहको माग उठाईरहेको बेला त्यसको बौद्धिक वृतमा चर्को आलोचना भईरहेको बेला विज्ञ रतन भण्डारीले वामपन्थीहरुले प्रजातान्त्रिक अभ्यासका नाममा गलत नजीर स्थापित हुने गरी जनमत संग्रहलाई अघि सार्नु झनै गलत कुरा भएको बताएका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?