१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

साउनदेखि सबै कर्मचारीको एकमुष्ट १० हजार तलब बढाउन माग



काठमाडौं : अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले आगामी साउनदेखि एकमुष्ट दश हजार तलब बढाउन माग गरेका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघकाले एकमुष्ट दश हजार तलब बढाउन माग गरेको हो । उनीहरुले आगामी आर्थिक बर्षको बजेटमा समावेश गर्नुपर्ने ५ मुख्य बिषयबस्तु समेट्न माग राखेका छन् । जसमा सम्पूर्ण कर्मचारीहरुको तलब समान रुपमा एकमुष्ट मासिक दश हजारले बृद्धि गर्न माग गरिएको छ ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका अध्यक्ष विमला अचार्यद्धारा हस्ताक्षरित बजेटसम्बन्धी ५ बुँदे सुझावमा कोभिड माहामारीको स्थायी कर्मचारीले झैं अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु पनि खटिरहेको भए पनि राज्यले विभेद गरेको भन्दै सम्पूर्ण अस्थायी, ज्यालादारी र करारका कर्मचारीलाई शतप्रतिशत भत्ता दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै सामाजिक सुरक्षा कोष र लामो समय कार्य गरेकालाई उपदानको माग गरिएको छ । त्यस्तै स्थायी कर्मचारीलाई जस्तै महंगी भत्ताको पनि व्यवस्थाको माग गरिएको छ । त्यस्तै सरकारले सुरुको तोके अनुसारकै पारिश्रमिक पाउने व्यवस्थालगायतको माग सुझाव पत्रमा उल्लेख छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय