१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

जसपामा स्पष्टीकरणको दोहोरो फायरिङ, यादवले सोधे ठाकुरलाई ९ र महतोलाई ६ बुँदे स्पष्टीकरण



काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे, वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ५–५ बुँदे स्पष्टीकरण सोधेका छन् । उनीहरुको व्यक्तिगत मेल तथा ह्वाट्स एपमा सो स्पष्टीकरण पत्र पठाइएको जसपा नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । यादवले स्पष्टीकरण मागेपछि अध्यक्ष ठाकुरले पनि जवाफमा यादवलाई उल्टै सात बुँदे स्पष्टीकरण सोधेका छन् । दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधपनि हालसम्म कसैले जवाफ भने दिएका छैनन् ।

ठाकुरलाई सोधिएको स्पष्टीकरण पत्रमा कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ भने उपेन्द्र यादवलाई सोधिएको पत्रमा अध्यक्ष ठाकुरको हस्ताक्षर रहेको छ । अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोध्ने निर्णय जेठ ८ गते नै भएको थियो । पार्टीको विधान धारा ४९ बमोजिम अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोधिएको यादव पक्षले जनाएको छ । स्पष्टीकरण सोधिएको मितिदेखि ३ दिनभित्र चित्त बुझ्दो जवाफ नदिए विधान अनुसार कारवाही गर्ने पत्रमा उल्लेख छ । महन्थ ठाकुरले पनि पार्टी विधानको दफा ४९ बमोजिम नै स्पष्टीकरण सोधेका छन् ।

यस्तो छ यादवले ठाकुरलाई सोधेको नौ बुँदे स्पष्टीकरण

ठाकुरले यादवलमई सोधेको ७ बुँदे स्पष्टीकरण ।


प्रतिक्रिया दिनुहोस !