Saturday, January 18, 2025

ट्रेन्डिङ :

भारतले भन्यो- नेपालमा विकसित राजनीतिक घटनाक्रम आन्तरिक हो

spot_img
spot_img
spot_img

भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भनेको छ।  नेपालको राजनीतिक घटनाक्रमबारे सोधिकएका प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन्- हामीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौं।

‘यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ उनले भनेका छन्,‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ।’

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको पाँच दिनपछि भारतले यो घटनाबारे औपचारिक रूपमा प्रतिक्रिया दिएको हो।

कतिपय विश्लेषकले पछिल्लो समय ओलीको भारतसँग सम्बन्ध गहिरिएको भन्दै  विकसित राजनीतिक घटनाक्रममा उसको पनि भूमिका रहेको बताइरहेका बेला भारतले यस्तो प्रतिक्रिया दिएको हो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?