Saturday, January 18, 2025

ट्रेन्डिङ :

केन्द्रलाई टेरेन प्रदेश एमालेले, सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने

spot_img
spot_img
spot_img

कैलाली । माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयविपरित एमाले माधव पक्षको संसदीय दलको बैठकले निर्णय गरेको छ ।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । संसदीय दलको आज बसेको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

कोरोना महामारीमा एमालेलाई एकताबद्ध बनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले जानकारी दिए। जनताको जिउँधनको सुरक्षा, ज्यान बचाउने कुराहरू पहिलो प्राथमिकतामा राखेर महामारी नियन्त्ररणमा सरकारले प्रभावकारी रुपमा काम गर्ने र तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय भएको उनले बताए ।

उनले दीर्घकालीन रूपमा सबै राजनीतिक दलहरूसँग सार्थक संवादका माध्यमबाट सरकारको नेतृत्व परिवर्तन गर्नका लागि पनि संवाद थाल्ने निर्णय भएको मन्त्रीको भनाई छ।

‘वर्तमान परिस्थितिलाई तत्कालै सरकारमा गएका मान्छेहरूलाई फिर्ता गरेर सरकार बन्न सक्ने अवस्था नरहेको र बजेट पनि जेठ १५ भित्र ल्याउनु पर्ने भएकाले हतारोको निर्णय नगरिकन परिपक्व निर्णय गरेर मात्रै जाने भन्ने निर्णय भएको छ,’ उनले भने। उनले अहिले यही सरकार भएपनि पछि चाहि एमालेको सरकार बनाउन पहल गर्ने बताए।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?