१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

थप ६६७७ जनामा संक्रमण पुष्टि, ६७१६ संक्रमण मुक्त, १४५ जनाको मृत्यु



काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ७ सय १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३० आरटी पिसिआर र ३ सय २२ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको छ । यीमध्ये १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार १ सय ३४, ललितपुरमा २ सय ४६ र भक्तपुरमा १ सय १३ जना गरी उपत्यकामा १ हजार ४ सय ९३ जना संक्रमित थपिएका छन् ।

बुधबार देशभर ६ हजार ७ सय १६ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ७ सय १६ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ११ हजार ६ सय ३ जना पुगेको छ । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ४५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ सय पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !