७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

१८ घण्टाको १ लाख ३६ हजार लिने एम्स अस्पतालविरुद्ध प्रहरीमा ठगीको उजुरी



विराटनगर । विराटनगरको एम्स अस्पतालले उपचारका लागि १८ घण्टा राख्दा बिरामीलाई एक लाख ३६ हजारको बिल थमाएको छ । जनकपुरबाट उपचारका लागि आएका ४४ वर्षीय बद्रीबहादुर मगरको उपचार शुल्कवापत अस्पतालले आफन्तलाई एक लाख ३६ हजारको बिल थमाएको हो । शनिबार नोबेल मेडिकल कलेजमा भर्ना भएका बद्रीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएपछि नोबेलले अन्त्यन्त्र लैजान भन्यो । राति साढे ८ बजे आफन्तले उनलाई विराटनगर अस्पताल चोकमा रहेको एम्स अस्पतालमा भर्ना गरे । उपचार महंगो भएको जानकारी पाएपछि उनीहरुले डिस्चार्ज मागे । तर डिस्चार्ज पेपरसँगै १ लाख १६ हजारको बिल दिएको बुहारी निशा मगरले बताइन् ।

‘आईसीयूमा राखेको थियो, भोलिपल्ट औषधि र बेड चार्जसहित एक लाख ३६ हजार तिर्न लगाए,’ उनले भनिन्,‘ पैसा तिरेर बुबालाई मोरङ सहकारी अस्पतालमा लग्यौं ।’ मोरङ सहकारीमा पीसीआर परीक्षण गर्दा पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखिएको छ । बुहारी निशाले भनिन्, ‘अक्सिजन सपोर्टमा उपचार हुँदैछ ।’ महङ्गो शुल्क लिएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा ठगीको उजुरी गरेका छन् । ठगीको उजुरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !