spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

प्रतिनिधिसभा विघटनका १९ वटा मुद्दामा आजदेखि सुनुवाइ सुरु

spot_img

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ मुद्दामा आजदेखि सुनुवाई हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले सुनुवाई सुरु गर्न लागेका हुन् ।

आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ । कांग्रेस सभापति देउवा १४६ जना सांसदसहित रिट दर्ता गर्न सर्वोच्च पुगेका थिए ।

देउवाले १४९ सांसदको समर्थन रहेको भन्दै शुक्रबार प्रधानमन्त्रीको दावी प्रस्तुत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित सर्वोच्चमा रिट परेका छन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: