Saturday, February 15, 2025

ट्रेन्डिङ :

यसपटक पनि राष्ट्रसेवक कर्मचारीमाथि अन्याय, तलब बृद्धि नहुने निश्चित

spot_img
spot_img
spot_img

काठमाडौँ । यसबर्ष पनि कर्मचारीको तलब बृद्धि नहुने भएको छ । कोभिड–१९ को कारण अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै अर्थ मन्त्रालयले कर्मचारीको तलब बृद्धिको प्रस्ताव बजेटबाट हटाएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार १५ प्रतिशतसम्म कर्मचारीको तलब बृद्धिको प्रस्ताव कार्यान्वयनमा नजाने निश्चित भएको छ । ‘कर्मचारीको तलबका विषयमा धेरै कुरा आएको छ, तर राज्यकोष शिथिल बनेको अहिलेको स्थितीमा कर्मचारीको तलब बृद्धि नगर्ने निश्चित भएको छ, उनले भने, कोभिड–१९ को महामारी चलिरहेको बेला कर्मचारीको तलब बृद्धि गर्दा नागरिकमा पनि नकारात्मक असर पर्छ ।’

उनले फ्रन्टलाइनमा काम गर्ने राष्ट्रसेवकलाई भत्ता खुवाउन समेत आर्थिक स्रोतको अभाव झेलिरहेको बेला तलब बृद्धिको विषय कल्पना पनि गर्न नसकिने बताए । कर्मचारीहरुले हरेक बर्ष बजेट भाषण अघि तलब बृद्धिको माग गर्दै आउने गरेका छन् । यसबर्ष पनि तलब बृद्धिको माग गरेका छन् । तर यस बर्ष कोभिड–१९ को महामारी नियन्त्रणलाई प्रशस्त बजेट विनियोजन गर्नुपर्ने र मध्यवधी निर्वाचन पनि गर्नुपर्ने कारण देखाउँदै सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने भएको हो । निर्वाचन सम्पन्नका लागि मात्र करिब २५ देखि ३० अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ ।

कर्मचारी संगठनहरुले तलब नबढेपछि महंगी भत्ता लगायत अन्य सुविधा बढाउन माग गरेका छन् । निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियनले तलब नबढ्ने देखेपछि सबै कर्मचारीको स्वास्थ्य बीमा गर्न प्रस्ताव गरेको छ । साथै घर बिदातर्फ सञ्चित बिदाको सुविधा हरेक वर्ष प्रदान गर्न कर्मचारी संगठनले माग गरेको छ । हाल अवकाशपछि एक सय ८० दिनको घर बिदा सञ्चित बराबरको तलब दिने प्रावधान छ । त्यस्तै महंगी भत्ता बढाउनुपर्ने तथा आन्तरिक पर्यटक प्रबद्र्धनका लागि एक महिनाको तलब बराबरको रकम दिनुपर्ने उनीहरुको माग गरेका छन् । सरकारले आगामी बिहीबार यो वर्षको बजेट ल्याउँदैछ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?