Friday, January 24, 2025

ट्रेन्डिङ :

फेरि त्यो दिन आउनेछ

spot_img
spot_img
spot_img

क्रिश अर्याल-

आमाबुबाले जब ‘छोराछोरी, उठ स्कुल जानुपर्छ’ भन्दै
बिस्ताराबाट उठाउनेछन्
सडकमा निषेधाज्ञाका ब्यानर नभई स्कुल भ्यानहरु हुनेछन्
कलंकी फेरि गाडी नै गाडीको जाममा व्यस्त हुनेछ
तब गर्मीले खल खल बगेको स्कुल ड्रेसमा त्यो अनुहार,
कुल्फी किन्न निस्कने छन्
कोरोना कहरको अन्त्य हुँदै फेरि नेपाल खुल्ला हुने दिन आउनेछ।

बिहानै रेडियोमा फेरि आजको राशिफलबाट सुरु हुँदै
पहिलाको कोरोनाको समाचार नभई नेपाल हड्तालको
समाचारले फेरि देश हल्लाउने दिन आउनेछ।

स्कुल कलेज बन्द नभई
भौतिक परीक्षामा चिट चोरेको
सम्झना वाला दिन फेरि पनि आउने छ।
एम्बुलेन्स, दमकल मात्र सडकमा नहिँडी
फेरि स्कुल तथा वनभोजको बसहरु हिँड्ने दिन आउनेछ।

धेरै खाएर बनेको भुडी घटाउन,
कोरोना नभनी मर्निङ वाक र राम देव भनी
बिहान सबेरै सडकमा हिँड्ने दिन आउनेछ।

मोबाइलमा पब्जी र लुडो नभन्दै कोरोना, कोरोना
भूत हटाउन भकुण्डो र लुकामारी खेल्ने दिन आउनेछ

बाहिर निस्कँदा मर्छु कि, भन्ने डर हटाई
फेरि स्वतन्त्र, आनन्दले चुइगम पट्काउँदै हिँड्ने दिन आउनेछ
पशुपतिमा कयौँ लासको अन्त्यष्टी मात्र नभई
शिवजीको दर्शन गर्नेको भिड फेरि पनि हुनेछ।

फेरि पनि आफन्तसँग घुलमिल भई
टाढा टाढा सर्ने संस्कारको अन्त्य हुने दिन आउनेछ
फेरि पनि घरमा कुनै रोगको सामु नझुकी
हाँसी खुसी, रमाउँदै हिँडडुल गर्ने दिन आउनेछ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?