८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

कोरोनाबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको मृत्यु



पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कर्माचार्यको निदान अस्पताल, पुल्चोकमा उपचारका क्रममा मृत्यु भएको हो । २० दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको उनका काका ईश्वर कर्माचार्यले जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको थियो,’ ईश्वरले भने, ‘आज बिहान उपचारकै क्रममा निधन भयो ।’

रमेश ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनी हिमचुुली विकास बैंकको अध्यक्ष पनि थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक थिए । पोखराकै पुराना कपडा व्यवसायी मध्ये एक भएको कर्मचार्य पोखराको बैंकिङ क्षेत्रमा पनि अगुवा भएको उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीव कोइराला बताउँछन् । ‘पोखरा उद्योग वाणिज्य संघको स्थापनादेखि संस्थागत विकासका लागि उहाँको परिवारकै योगदान छ,’ कोइरालाले भने, ‘उहाँको निधनले पोखराले नै क्षति बेहोरेको छ ।’

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले व्यावसायिक हितमा लागेको अगुवा गुमाएको बताए । ‘हामी विद्यालय सँगै पढेका थियौं । उहाँको बाउबाजेकै पालादेखि पोखराको विकासमा योगदान छ,’ पालिखेले भने, ‘उहाँको निधनले विक्षिप्त छु ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय