१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

वीरगन्जमा डीएसपीले सर्जिकलका कर्मचारीलाई बुट र लौरोले हिर्काए (भिडियो सहित)



पर्सा- एउटा सर्जिकल पसलमा पसेर बर्दीमा रहेका डीएसपीले कर्मचारीलाई बुट र लौरोले हिर्काएको सीसीटीभी भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ । डीएसपीले गरेको कुटपिटको सबैले आलोचना गरेका छन् । उनलाई कारबाही गर्नुपर्ने मागसमेत सबैतिरबाट उठेको छ । उक्त भिडियो वीरगन्ज महानगरपालिका– ८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसको हो ।

बुधबार बिहान १० बजेर २१ मिनेटमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अफरोज अहमदलाई कुटेका थिए । भिडियो खिचेको आरोपमा अहमदलाई कुटिरहेका डीएसपीले पसलमा सीसीटीभी जडान रहेको भेउ नै पाएनन् । सर्जिकल हाउसको छेउमै रहेको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको आरोपमा डीएसपीले कुटपिट गरेको प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले जनाए । लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइल समेत डीएसपीले खोसेर लगेको पटेलले बताए ।

 

भिडियो श्रोत- कान्तिपुर


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय