Thursday, January 23, 2025

ट्रेन्डिङ :

काठमाडौं उपत्यकामा खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था

spot_img
spot_img
spot_img

काठमाडौं । काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । जेठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको हो । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्नेगरी व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

नागरिकले खाद्य सामग्री मगाए मोबाइल भ्यानमार्फत् नै घरमा दाल चामललगायतका खाद्य सामाग्री घर–घरमा पुर्‍याउने व्यवस्था भएको पराजुलीले बताए । त्यस्तै कोरोना नियन्त्रण गर्न थप गरिएको एक साताको निषेधाज्ञालाई कडाइ गरिनेसमेत उनले स्पष्ट पारे ।

पराजुलीले प्रशासनले जारी गरेको निषेधाज्ञालाई उल्लंघन गरे कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन् । उपत्यकामा कोरोना संक्रमण थप फैलन नदिन नाकामा पनि थप कडाइ गरिएको उनले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?