१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेभन्दा ठूलो अपराध गरे : डा. भीमार्जुन आचार्य



काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेभन्दा ठूलो अपराध गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटनका सन्दर्भमा सभामुख अग्नि सापकोटाले बोलाएको छलफलमा आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जघन्य अपराध गरेको बताएका हुन् । प्रधानमन्त्रीको तिकडम संसदले रोक्न नसकेको भन्दै आचार्यले भने, ‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन ।’ प्रधानमन्त्रीले शपथ लिँदाको अवस्थाबारे पनि टिप्पणी गर्दै उनले थपे ‘प्रधानमन्त्रीले शपथ खाँदाको दृष्य भद्दा भयो । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धारा अनुसार प्रधानमन्त्री हुन् विश्वासको मत लिन नसकेको अवस्थामा धारा ५ मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभई, फेरि प्रधानमन्त्री दाबी गर्नु नियतमाथिको खोट थियो ।’ पद रिक्त नै नहुँदै नयाँ प्रधानमन्त्री दावी गर्ने अचम्मको खेल भएकोमा प्रश्न गर्दै आचार्यले भने, ‘प्रतिपक्ष र संसद् पनि निकम्मा भयो ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय