Saturday, January 18, 2025

ट्रेन्डिङ :

सरकारी कर्मचारीलाई सरकारबाट दुरुपयोग हुनबाट अलग रहन शेरबहादुर देउवाको अपील

spot_img
spot_img
spot_img

काठमाडौं- बिहीबार देउवाले प्रेस विज्ञप्ति जारी गरी सरकारले संविधानको मर्म र भावना विपरीत काम गरिरहेको जनाएका छन्। उनले भनेका छन्, “वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ।”

उनले सरकारलाई दूरगगामी प्रकृतिका निर्णय नलिने खबरदारी गरेका छन्। “संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरू लिँदै छ,” देउवाले भनेका छन्, “सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्यायहरू नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खरबदारी गर्दछु।”

सरकारको नेतृत्वले सरकारी संयन्त्रको दुरुपयोग गरिरहेको आरोप लगाउँदै त्यसबाट अलग रहन कर्मचारीलाई अपील गरेका छन्। देउवाले भनेका छन्, “सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु।”

सभापति देउवाले सरकारको ध्यान कोभिड–१९ को रोकथाम र नियन्त्रणमा हुनुपर्ने बताएका छन्। उनले निषेधाज्ञा मात्रै समाधान नभएको जनाउँदै यसको कार्यान्वयनको नाममा नागरिकलाई दुःख दिइरहेको जनाएका छन्।

देउवाले भनेका छन्, “निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदै छ। कोभिड–१९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रुपमा प्रयोग गर्दै छ।”

उनले निषेधाज्ञा पीडितलाई राहत र सहयोग प्रदान गर्न पनि सरकारलाई आग्रह गरेका छन्। “निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीविहरूको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गर्दछु,” देउवाले भनेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?