१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ओलीको झुट : ३०० पर्ने अक्सिजन सिलिन्डर चीनबाट एउटैलाई ५० हजारमा किनेर ल्याएको जिकिर



काठमाडौं : प्रधानमन्त्री केपी ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रण नहुनुमा राजनीतिक दलहरूले गरेका विभिन्न प्रकारका भेला र जमघट मुख्य कारक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२औँ स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नागरिककै जीवनरक्षाका लागि तीन/चार सय रुपैयाँ पर्ने अक्सिजन सिलिन्डर चीनबाट एउटैलाई ५० हजार रुपैयाँ तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन सफल भएको दाबी पेस गरे । तर चीनबाट ल्याएको अक्सिजन सिलिण्डर निजी व्यवसायीले ल्याएका थिए । तर सरकारले आफुले ल्याएको दाबी गरेको थियो । एउटै सिलिण्डरको ५० हजार पर्यो भन्नु सबेद झुट बाहेक अरु केही नहुने एक मेडिकल सप्लायर्सका व्यापारीले स्रुप्रीम खबरलाई बताए । 

ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापना कालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताए । साथै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि उनले कार्यक्रममा दिए । आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उनले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको समेत स्पष्ट पारे ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिसको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मगरले गत वर्ष कोभिड– १९ को महामारीमा मानव अधिकारको अवस्था अनुगमन गरी प्रतिवेदन प्रकाशनमा ल्याएको र साथै उक्त प्रतिवेदनमार्फत नेपाल सरकारलाई आवश्यक सेवामा सुधार तथा विपत् व्यवस्थापनका लागि सिफारिस एवं निर्देशनसमेत गरेको जानकारी गराए । उनले सरकारलाई विभिन्न तरिकाबाट ध्यानाकर्षण गराउँदै आएको पनि जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !