इटहरी । स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ। न्यौपानेको उपचारमा संग्लग्न डाक्टरसँग निरन्तर सम्पर्कमा रहेकी इटहरीकी उपमेयर लक्ष्मी गौतमका अनुसार बिहान ८:२५ मा डाक्टरले मृत घोषणा गरेका थिए।
कोभिड-१९ संक्रमण देखिएपछि ५० वर्षीय न्यौपाने १८ दिनदेखि विराटनगरको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचाररत थिए । एक छोरा र एक छोरीका पिता न्यौपाने सरकारले बनाएको बिज्ञापन बोर्डका सदस्यसमेत थिए।
न्याैपाने इटहरीबाट सन्चालित प्रदेश-१ को सबैभन्दा धेरै कभरेज भएको रेडियो सप्तकोसीका सन्चालक हुन् । उनी नेकपा एमालेकाे प्रचार विभाग सदस्यसमेत हुन् ।