काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका छन् ।
शुक्रबार देशभर थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।