१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बजेट ल्याउनु अघि मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं । सरकारले अध्यादेशमार्फत आज बजेट घोषणा गर्दैछ । दिउँसे ४ बजे हुने बजेट भाषणअघि मन्त्रिपरिषद बैठक बस्न लागेको छ । अहिले विहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशमार्फत ल्याउनको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने जनाईएको छ । बजेटबारे निर्णय लिनकै लागि मन्त्रिपरिषद बैठक बस्न लागेको बताइएको छ । बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्ने र राष्ट्रपतिबाट आजै स्वीकृति प्रदान हुने बताइएको छ । त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री निवास बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !