१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

यो वर्ष पर्दैन, अर्को वर्ष कर्मचारीको तलब दोब्बर गरे पनि हुन्छ : सचिव देवेन्द्र कार्की



काठमाडौं : जेठ १५ गते संघीय सरकाले ल्याउने बजेटमा कर्मचारीको तलबका बिषयमा निक्कै चासो बढेको छ । हरेक २ बर्षमा कर्मचारीहरुको तलब बढाउने व्यवस्था छ । तलब बढाउनु त सबै भन्दा राम्रो कुरा हो कर्मचारी, शिक्षक, सेना, प्रहरी, पत्रकार, डाक्टरहरु सबैको तलब बढाउनु राम्रो कुरा हो तर, राज्यको अवस्था पनि हेर्नुपर्दछ । सरकारको जोड बजारको अवस्थालाई कसरी स्थिर राख्ने, मंहगी र कालोबजारी कसरी नियन्त्रणमा लिने तीर ध्यान दिनु पर्दछ । बरु अर्को साल कर्मचारीको तलब दोब्बर गरे पनि हुन्छ ।

स्वास्थ्य क्षेत्रमा अहिले ठूलो बजेटको आवश्यकता छ । स्वास्थ्य क्षेत्रलाई हल्का रूपमा लिइनु हुँदैन् । शिक्षा र स्वास्थ्य क्षेत्र अब्बल र मजभुत बनाउनका लागि प्रर्याप्त बजेट विनियोजन हुनुपर्छ । एउटा व्यक्ति प्रति आश्रित परिवारलाई सहज रुपमा जीवन निर्वाह गर्न पुग्ने तलब भत्ता दिन सकियो भने उसको मनोबल उच्च रहने र जिम्मेवारीप्रतिको लगाव थप बढ्ने एवम् काममा शीघ्रता र गुणस्तरीयता बढ्छ । त्यसैगरी न्युन जनशक्तिबाट अधिक काम लिन कामको उत्पादकत्वको अधारमा तलब सुविधा उपलब्ध गराउने प्रचलन पनि विकसित मुलकहरुमा पाइन्छ । यसको अर्को आधार सरकारको साधन, श्रोत र क्षमता पनि हो । यसमा उपलब्ध हुन सक्ने साधान श्रोत, मुलुकको आर्थिक अवस्था, राष्ट्रसेवक कर्मचारीहरुको संख्या लगायत मुलुकको समग्र विकास एवम् मानव विकास सूचांक समेतलाई ध्यानमा राखिन्छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय