
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद उत्कर्षमा पुगेको छ । शनिवार अध्यक्ष महन्थ ठाकुर पक्षलाई अर्का अध्यक्ष उपेन्द यादव पक्षले २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ ।
शनिबार यादव पक्षले २४ घन्टे अल्टिमेटमपत्र ठाकुर पक्षलाई पुनः पठाएको छ ।
यसअघि मंगलबार राति ठाकुर पक्षले यादवलाई पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनलाई किन सघाएको भन्दै स्पष्टीकरण सोधेपछि बुधबार यादव पक्षले केपी ओलीको प्रतिगमनमा किन साथ दिएको भन्दै ठाकुरसहित चार नेतालाई नौबुँदे स्पष्टीकरण सोधेको थियो ।
