७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लंघन गरें : घनश्याम भुसाल



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा आफूले संसदीय मर्यादा उल्लंघन गरेको स्वीकार गरेका छन् ।  संविधान र राजनीतिका लागि आफूले उल्लंघनको विकल्प रोजेको उनको स्पष्टीकरण छ ।

देउवाको पक्षमा हस्ताक्षर गरेको विषयलाई लिएर भइरहेको टिप्पणीबारे सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका भुसालले भनेका छन्, ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगें ।’

उनले अघि भनेका छन्, मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा हो, जसका लागि लाखौं नेपालीको रगत–पसिना बगेको छ ।’ गत वर्ष ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भंग, संसद विघटन र मध्यावधि चुनावको घोषणा संविधान असफल बनाउने षडयन्त्रअन्तर्गत भइरहेको उनको निष्कर्ष छ । भुसालले नयाँ खिलराजको उदय गराउने र ‘नयाँ’ संविधानको कोर्सतिर मुलुकलाई लैजाने प्रयास भइरहेको समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !