६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

अमेरिकाले रक्षा बजेट बढाएपछि समुद्रमा खतरनाक आणविक हतियार तैनाथ गर्दै चीन



काठमाडौं : अमेरिकाले सन् २०२१ मा सैन्य बजेट बृद्धि गरेपछि विश्व भरी तरंग पैदा भएको छ । अमेरिकालग गत बर्षको भन्दा १.५ प्रतिशत बजेट बढाएपछि चीनले अमेरिकाले गम्भीर रणनीतिक खतराको रोक्न समुद्रमा रहेको अन्तरमहाद्वीपीय पनडुब्बी प्रक्षेपण गरिएको व्यालेस्टिक क्षेप्यास्त्रको संख्या बढाउने भएको छ । अमेरिकाको नयाँ रक्षा बजेटमा चीनलाई रोक्नको लागि आफ्नो आणविक शस्त्रलाई आधुनिकीकरण गर्ने रिपोर्ट उल्लख गरेपछि चिनियाँ विशेषज्ञहरुले चीनको स्थितिको लागि उपयुक्त आणविक शस्त्रागारले राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र विकास हितको रक्षा गर्न र अझ स्थिर र शान्तिमय विश्व व्यवस्था स्थापना गर्न समुद्री क्षेत्रमा आणविक हतियार तौथ गर्न सुझाव दिएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्र्तराष्टिय मुखपत्र ग्लोबल टाईम्सले जनाएको छ ।

शुक्रबार कंग्रेसमा पठाइने अमेरिकी प्रतिरक्षा बजेटमा सेनाको तयारी, अन्तरिक्ष र प्रशान्त बचाउन इनिसिएटिभमा चीनको सैनिक अस्तित्वको प्रतिरोध गर्ने र परमाणु हतियार प्रविधिमा लगानी हुने अपेक्षा गरिएको रोयटर्सले बिहीबार रिपोर्टमा उल्लेख गरेको थियो । यद्यपी हिन्द प्रशान्त क्षेत्रमा सैन्य परिनियोजन बढाउने प्रयासले अमेरिकाको प्रतिफल बढाउने छैन किनकि यस क्षेत्रका अधिकांश देशहरूले अमेरिकाले आरम्भ गरेको युद्धको ज्वालाले आफुलाई भष्म गर्न दिने छैन, ग्लोबल टाईम्सले भनेको छ । अमेरिकाले जहाज र जेट किन्नेछ र हाइपरसोनिक हतियारहरू र अन्य अर्को पुस्ताका हतियार प्रणालीको विकास र परीक्षण गर्नुका साथै रूस र चीनको प्रतिकार गर्न क्षमता निर्माण गर्न कुल राष्ट्रिय सुरक्षा बजेट ७३५ अर्ब डलर रहेको सो पत्रिकाले जनाएको छ । अमेरिकाले चीन र रुससँग सम्भावित द्वन्द्वको तयारी गर्न २५ हजार सैनिकसहितको सबैभन्दा ठूलो नौसेना अभ्यासको तयारी गरिरहेको अमेरिकी मिडियाले बताईसकेको छ ।

SOURCE : https://www.globaltimes.cn/page/202105/1224773.shtml

 

 

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय