६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

लोकसेवा प्रश्नाेत्तर : प्राविधिक शिक्षा सेवाको नमूना परीक्षा



प्राविधिक शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी, प्राविधिक सहायक (प्रा.स.)
पदको खुला प्रतियोगितात्मक नमुना परीक्षा
सेट–४
मिति : २०७८।०२।१६
कि–बी पूर्णांक : १००
विषय : सेवा सम्बन्धी
वस्तुगत बहुउत्तर:  50×2=100

१. निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेस र संयुक्त वाममोर्चा मिलेर कहिलेदेखि आन्दोलन सुरु गरे ?
(A) वि.सं. २०४६ माघ १४
(B) वि.सं. २०४६ फागुन १
(C) वि.सं. २०४६ फागुन ७
(D) वि.सं. २०४६ चैत २४

२. तलको कुन भनाइ ठीक छ ?
(A) नेपालमा द्वैध शासनको सुरुवात वसन्तदेवको पालामा भएको हो ।
(B) लिच्छवी वंशको प्रथम राजा जयदेव प्रथमलाई मानिन्छ ।
(C) राज्यको उत्तराधिकारीका रूपमा युवराजको घोषणा गर्ने चलन अंशुबर्माले चलाएका हुन् ।
(D) लिच्छवीकालमा गाउँमा राजाको प्रतिनिधिका रूपमा हजुरिया रहन्थे ।

३. नेपालको कुन ठाउँमा क्रमशः तामा, सुन, फलाम र कोइला पाइन्छ ?
(A) कुलेखानी, कालीगण्डकी, फुलचोकी र चितवन
(B) कुलेखानी, कालीगण्डकी, प्युठान, पाल्पा
(C) चोभार, कालिगण्डकी, सल्यान, प्युठान
(D) फुलचोकी, कालिगण्डकी, सल्यान, पाल्पा

४. देहायमा उल्लेखित कुन भनाइ बेठीक छ ?
(A) माछापुच्छ«े हिमाल हिमशृंखलामा पर्दछ ।
(B) नेपालको सीमाना भारतका पाँच प्रान्तसँग जोडिएको छ ।
(C) बाग्मती नदी भारतमा पुगेपछि गंगा नदीमा विलय हुन्छ ।
(D) नेपालमा मनसुनको प्रभाव सर्वप्रथम पश्चिमी तराई क्षेत्रमा पर्छ ।

५. दराई जातिहरूले तलका मध्ये कुन जिल्लामा बसोवास गरेका छन् ?
(A) दार्चुला
(B) तनहुँ
(C) सोलुखुम्बु
(D) सप्तरी

६. नेपालमा बनेको पहिलो नेपाली फिल्म कुन हो ?
(A) सत्य हरिशचन्द्र
(B) माइतीघर
(C) आमा
(D) मनको बाँध

७. बालब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?
(A) वि.सं. १९१५
(B) वि.सं. १९२७
(C) वि.सं. १९३२
(D) वि.सं. १९४१

८. पहिलो निजी विद्यालयका रूपमा जुद्धोदय पब्लिक हाइस्कुल कहाँ खुलेको थियो ?
(A) काठमाडौं
(B) बारा
(C) विराटनगर
(D) सिराहा

९. नेपालको संविधानले सरकारी कामकाजको भाषाका सन्दर्भमा कस्तो व्यवस्था गरेको छ ?
(A) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।
(B) देवनागरी लिपिमा लेखिने भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।
(C) देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ ।
(D) देवनागरी लिपिमा लेखिने सबै मातृभाषा सरकारी कामकाजको भाषा हुनेछ ।

१०. नेपालको संविधानअनुसार आर्थिक रूपले विपन्न भन्नाले के बुझिन्छ ?
(A) स्थानीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(B) प्रदेश कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(C) संघीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(D) वार्षिक १ लाख वा सोबराबरको आयभन्दा कम आय भएको व्यक्ति

११. कस्तो अवस्थामा निवारक नजरबन्धमा राखिन्छ ?
(A) नेपालको सार्वभौमसत्तामा खलल पु¥याएमा ।
(B) भौगोलिक अखण्डतामा खलल पु¥याएमा ।
(C) सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याएमा ।
(D) माथिका सबै

१२. नागरिकका कर्तव्य केके हुन् ?
(A) राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु ।
(B) संविधान र कानुनको पालना गर्नु तथा राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु ।
(C) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु
(D) माथिका सबै

१३. प्राथमिक तहको पाठ्यक्रममा परियोजना कार्य राख्न सिफारिस कुन प्रतिवेदनले गरेको हो ?
(A) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११
(B) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८
(C) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८
(D) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९

१४. सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८ ले प्राथमिक तहको परीक्षा प्रणाली कस्तो बनाउन सिफारिस गरेको थियो ?
(A) मौखिक र कार्यमय
(B) लिखित र मौखिक
(C) लिखित र प्रयोगात्मक
(D) मौखिक र अवलोकनीय

१५. राष्ट्रिय शिक्षा पद्धति योजना(२०२८—२०३२)ले शिक्षकहरूको सेवा सुधार गर्न के कस्तो व्यवस्था गरेको थियो ?
(A) शिक्षक सेवा आयोगको गठन
(B) जिल्ला शिक्षा कोष स्थापना
(C) शिक्षक दरबन्दी र तलवस्केल निर्धारण
(D) माथिका सबै

१६. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०६३ का अनुसार शिक्षाको उद्देश्य कुन होइन ?
(A) प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तिव्य विकास
(B) व्यक्तिको सामाजिकीकरण र सामाजिक एकता सुदृढ
(C) समाजको आधुनिकीकरणमा सहयोग र मानव संसाधनको विकास
(D) सूचना र ज्ञानमा आधारित समाज निर्माणमा सहयोग

१७. शिक्षक तालिम नीति, २०६२ अनुसार कुनकुन संस्थालाई एउटै छातामा गाभेर शिक्षक तालिम प्रणालीलाई एकीकृत गरी सुदृढ बनाइनेछ ?
(A) शैक्षिक जनशक्ति विकास केन्द्र
(B) दुर शिक्षा केन्द्र
(C) माध्यमिक शिक्षा विकास केन्द्र
(D) माथिका सबै

१८. दूर तथा खुला शिक्षा नीति, २०६३ का नीतिहरूमा कुन पर्दैन ?
(A) विभिन्न चाहना भएका सिकारुका लागि शिक्षामा पहुँचको विस्तार गर्ने
(B) परम्परागत शिक्षाको गुणस्तर वृद्धि गर्ने
(C) औपचारिक शिक्षा र नेतृत्व विकासको प्रवद्र्धन गर्ने
(D) ज्ञान र सीपको प्रमाणीकरण गर्ने प्रणालीका स्थापना गर्ने

१९. सबैका लागि शिक्षासम्बन्धी बैठकको आयोजना गर्ने संस्था कुन हो ?
(A) विश्व शिक्षा मञ्च
(B) युनेस्को
(C) युनिसेफ
(D) यूएनडीपी

२०. नेपालमा बालश्रम ऐन, २०४८ अनुसार कति वर्ष मुनिका केटाकेटीहरू बालबालिकाको परिभाषाभित्र पर्छन् ?
(A) १६ वर्ष
(B) १७ वर्ष
(C) १८ वर्ष
(D) १९ वर्ष

२१. २०७५।५।१ मा स्वीकृत पाठ्यक्रमअनुसार प्रारम्भिक बाल शिक्षामा खेल र आरामका लागि दैनिक १ घण्टाका दरले वार्षिक कति दिन छुट्याइएको छ ?
(A) १९२
(B) २२०
(C) २३६
(D) २५६

२२. कक्षा १ देखि ३ सम्म कति पाठ्यघण्टा र कति कार्यघण्टा पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ ?
(A) २६ पाठ्य घण्टा र ८३२ कार्य घण्टा
(B) ३२ पाठ्य घण्टा र १०२४ कार्य घण्टा
(C) ३० पाठ्य घण्टा र ९६४ कार्य घण्टा
(D) २६ पाठ्य घण्टा र १०२४ कार्य घण्टा

२३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को दूरदृष्टि के हो ?
(A) सीपयुक्त जनता, समृद्ध नेपाल
(B) सीपयुक्त नेपाल, समृद्ध जनता
(C) सीपयुक्त हामी, समृद्ध नेपाली
(D) सीपयुक्त जनता, विकासको आधार

२४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कार्यक्षेत्रअन्तर्गत तलका मध्ये कुन पर्दैन ?
(A) विश्वविद्यालय अनुदान आयोग
(B) केन्द्रीय विश्वविद्यालय
(C) खुला विश्वविद्यालय
(D) शिक्षा तालिम केन्द्र

२५. शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महाशाखाहरू के के हुन् ?
(A) शैक्षिक योजना तथा विकास महाशाखा
(B) मानव संशाधन महाशाखा
(C) शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा
(D) माथिका सबै

२६. शिक्षा ऐन, २०२८ (संशोधन सहित)अनुसार सार्वजनिक गुठीमा कम्तीमा कति जना सदस्य हुन्छन् ?
(A) ३ जना
(B) ५ जना
(C) ७ जना
(D) ९ जना

२७. राष्ट्रिय परीक्षा बोर्डका सदस्यले आफ्नो पदीय जिम्मेवारी इमानदारीपूर्वक पूरा नगरेमा निजलाई कसले पदबाट हटाउन सक्ने व्यवस्था छ ?
(A) नेपाल सरकारले
(B) मन्त्रालयले
(C) लोकसेवा आयोगको अध्यक्षले
(D) महानिर्देशकले

२८. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को सचिवालयको काम कसले गर्छ ?
(A) पाठ्यक्रम विकास केन्द्र
(B) शिक्षा तथा मानव विकास स्रोत केन्द्र
(C) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(D) सामाजिक विकास मन्त्रालय

२९. निजामती सेवा ऐन, २०४९ कहिलेदेखि लागू भएको हो ?
(A) वि. सं. २०५० जेठ ३ देखि
(B) वि.सं. २०५० जेठ ४ देखि
(C) वि.सं. २०५० असार ४
(D) विसं. २०५० असार ३

३०. निजामती सेवा ऐन, २०४९ मा कति परिच्छेद र दफा छन् ?
(A) ११ परिच्छेद र ७६ दफा
(B) १० परिच्छेद र ७६ दफा
(C) १० परिच्छेद र ७५ दफा
(D) ११ परिच्छेद र ७५ दफा

३१. राज्यका ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा महिनाको कम्तीमा एकपटक सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने निर्णय नेपाल सरकारले कहिले गरेको हो ?
(A) वि.सं. २०६० साउन १ देखि
(B) वि.सं. २०६१ साउन १ देखि
(C) वि.सं. २०६२ साउन १ देखि
(D) वि.सं. २०६३ साउन १ देखि

३२. ग्रामीण क्षेत्रका सर्वसाधारण जनताका लागि घरदैलो घुम्ती सेवा कार्यक्रम कहिलेदेखि प्रारम्भ गरिएको थियो ?
(A) वि.सं. २०६० असोज
(B) वि.सं. २०६० कात्तिक
(C) वि.सं. २०६० मंसिर
(D) वि.सं. २०६० पुस

३३. नेपालमा कहिलेदेखि शिक्षा मन्त्रालयले शैक्षिक तथ्यांक संकलन, विश्लेषण तथा प्रयोगसम्बन्धी कार्य गरेको पाइन्छ ?
(A) शिक्षा इस्तिहार, १९९६ पछि
(B) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०११ पछि
(C) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८ पछि
(D) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ पछि

३४. शैक्षिक सत्र २०७५ को तथ्यांकअनुसार आधारभूत शिक्षा कक्षा १—५ को कुल भर्नादर कति रहेको छ ?
(A) १२३.३ प्रतिशत
(B) ९६.३ प्रतिशत
(C) ९६.९ प्रतिशत
(D) ११८. ८ प्रतिशत

३५. वि.सं. २०६८ को जनगणनाअनुसार महिलाको साक्षरता प्रतिशत कति रहेको छ ?
(A) ६५.९ प्रतिशत
(B) ७५.१ प्रतिशत
(C) ५७.४ प्रतिशत
(D) ५६.९ प्रतिशत

३६. सबैभन्दा छिटो केन्द्रीय प्रवृत्तिको मान पत्ता लगाउन तलका मध्ये कुन प्रयोग गरिन्छ ?
(A) मध्यक
(B) मध्यिका
(C) रीत
(D) स्तरीय भिन्नता

३७. एक शैक्षिक अवधिमा शिक्षकले पढाउने विषयवस्तुका रूपमा पाठ्यक्रम लिनुलाई कुन अर्थका रूपमा लिइन्छ ?
(A) संकुचित अर्थ
(B) व्यापक अर्थ
(C) आधुनिक अर्थ
(D) कुनै पनि होइन

३८. शैक्षिक उद्देश्य नयाँ वर्गीकरणको विकास कसले गरेका हुन् ?
(A) बेञ्जामिन एस.ब्लुमले सन् १९५६ मा
(B) मर्जानी र केन्डलले सन् २००७ मा
(C) डेभिर आर.क्राथोलले सन् १९६४ मा
(D) जे.ई.सिम्सन र अनिता ह्यारोले सन् १९७२ मा

३९. विद्यालय तहको विषयगत सक्षमताअन्तर्गत पेसा विषयका सक्षमता केके हुन् ?
(A) पूर्वसावधानी र प्रवद्र्धन
(B) क्रिया र प्रतिक्रिया
(C) नैतिकता र समानुभूति
(D) सीपयुक्त दक्षता र प्रतिस्पर्धात्मक कार्य

४०. शैक्षिक मूल्यांकनको मुख्य उद्देश्य कुन हो ?
(A) विद्यालयका कार्यहरूको प्रभावकारिता कायम गर्नु
(B) शिक्षण र सिकाइ सुधारका लागि निर्देशन दिनु
(C) विद्यार्थीलाई विद्यालयमा ल्याउनु
(D) पाठ्यक्रमको उद्देश्य पूरा गर्नु

४१. परीक्षणका साधनका प्रत्येक पदहरूमा सही उत्तर दिने विद्यार्थीहरूको अनुपात र सो परीक्षणबाट प्राप्त अंकको विचलनलाई आधार मानी विश्वसनीयता गणना गर्ने विधि कुन हो ?
(A) परीक्षण पुनःपरीक्षण विधि
(B) समानान्तर प्रारूप विधि
(C) अर्धविभाजन विधि
(D) कुडर रिचार्डसन विधि

४२. सिकाइ भनेको एकअर्काबाट ज्ञान तथा तथ्यको संग्रह गर्ने प्रक्रिया हो । प्रस्तुत भनाइ कसको हो ?
(A) परम्परागत विश्वास
(B) आधुनिक विश्वास
(C) प्रचलित धारणा
(D) परिवर्तित धारणा

४३. शिक्षकसँग राम्रोसँग मेलमिलाप गर्नु, उनका विचार र चिन्तनलाई बुझ्नु, उनीहरूको कदर गर्नु, कटु आलोचना नगरी सिर्जनात्मक सुझाव दिने र निरीक्षक—शिक्षकबीच आपसी सद्भाव र सम्बन्ध हुन कुन सम्बन्धित छ ,
(A) व्यावहारिक मित्रका रूपमा निरीक्षक
(B) स्रोत व्यक्तिका रूपमा निरीक्षक
(C) अवलोकनकर्ताका रूपमा निरीक्षक
(D) मूल्यांकनकर्ताका रूपमा निरीक्षक

४४. सर्वांगीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८ मा शिक्षा निरीक्षणसम्बन्धी कार्यमा तलका मध्ये कुन उल्लेख छ ?
(A) कक्षा निरीक्षण गर्ने
(B) अध्यापक र विद्यार्थी अनुशासनमा छ छैन हेर्ने
(C) सुझावहरूको कार्यान्वयन भएनभएको हेर्ने
(D) माथिका सबै

४५. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले दिएको निरीक्षण व्यवस्थासम्बन्धी सुझाव तलका मध्ये कुन होइन् ?
(A) राष्ट्रिय शैक्षिक व्यवस्थापनलाई बढी प्रभावकारी तथा दक्ष तुल्याउन कार्यान्वयनको तहसम्म प्रत्यायोजन गर्नु ।
(B) व्यवस्थापनका संगठनबाट अनावश्यक हटाइनुपर्छ र निर्णय प्रक्रिया यथासम्भव छोटो बनाउनुपर्छ ।
(C) शिक्षा तथा संस्कृति मन्त्रालयको संगठन, अनावश्यक रूपमा व्यापक नगरी मन्त्रालय नीति र योजना बनाउने ।
(D) माथिका सबै ।

४६. स्रोतकेन्द्रस्तरीय विषय शिक्षकको बैठक सामान्यतया कुन दिन बस्छ ?
(A) महिनाको पहिलो शनिबार
(B) महिनाको पहिलो आइतबार
(C) महिनाको पहिलो सोमबार
(D) महिनाको पहिलो शुक्रबार

४७. प्रत्येक पाँच वर्षमा अध्यापन अनुमतिपत्र नवीकरण गर्नुपर्ने भनी सिफारिस गर्ने प्रतिवेदन कुन हो ?
(A) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०११
(B) सर्वांगीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८
(C) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८
(D) शिक्षासम्बन्धी उच्चस्तरीय कार्यसमितिको प्रतिवेदन, २०५८

४८. शिक्षकको सेवा, सुविधा र सर्तसम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने काम कसको हो ?
(A) शिक्षक सेवा आयोग
(B) शिक्षक महासंघ
(C) शैक्षिक गुणस्तर परीक्षण केन्द्र
(D) पाठ्यक्रम विकास केन्द्र

४९. माध्यमिक तहमा अध्ययन गर्ने शिक्षकका १८ वर्षमुनिका प्रत्येक सन्ततिलाई वार्षिक कति रुपैयाँ शैक्षिक भत्ता दिने व्यवस्था रहेको छ ?

(A) ६०० रुपैयाँ
(B) ७०० रुपैयाँ
(C) ८०० रुपैयाँ
(D) ९०० रुपैयाँ

५०. २०१३ सालमा भएका शैक्षिक घटनाक्रममा तलका मध्ये कुन पर्दैन ?
(A) आधार शिक्षा केन्द्रबाट उपत्यकाबाहिर शिक्षक तालिम सुरु
(B) योजनाबद्ध रूपमा पौढ शिक्षाको सुरु
(C) आधार शिक्षा केन्द्रलाई नर्मल स्कुलमा नामकरण
(D) माथिका सबै पर्दछन् ।

समाप्त
(सफलताको शुभकामना)

उत्तरकुञ्जिका


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय