१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ६०८० निको भए, ११६ जनाको मृत्यु



काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।


प्रतिक्रिया दिनुहोस !