१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विज्ञान प्रविधि तथा नवप्रवर्तन परिषद गठन गरिने



काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेटमार्फत सबै प्रदेशमा युवा नवप्रवर्तन कार्यक्रम लागू गरिने भएको छ ।

त्यसैगरि सरकारले बजेटमार्फत विज्ञान तथा नवप्रबर्तनको विकास र अभिवृद्धि गर्न विज्ञान र प्रविधि तथा नवप्रवर्तन परिषद गठन गरिने घोषणा गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रकम बिनियोजन गरिएको घोषणा गरे । उनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को पुनर्संरचना गरिने घोषणा समेत गरे ।


प्रतिक्रिया दिनुहोस !