८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अध्यादेशबाट आएको बजेटका यस्ता छन्, दर्जनौ लोकप्रिय कार्यक्रमहरु



काठमाडौं : ओली सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् । संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र राहतलाई प्राथमिकता दिइएको छ । त्यसका अतिरिक्त बजेटलाई वितरणमुखी बनाएर सरकारले लोकप्रियता प्राप्त गर्ने गर्ने खालका थुप्रै कार्यक्रम ल्याएका छन् । ओली सरकार काम चलाउ बनिसकेकाले लोकप्रिय बजेट ल्याउन नहुने पूर्वअर्थमन्त्रीहरुको सुझावलाई बेवास्ता गर्दै अर्थमन्त्री पौडेलले गत दुई आर्थिक बर्षका भन्दा कयौँ लोकप्रिय बजेट ल्याएका छन् । अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा अन्र्तगतको बृद्ध भत्ता बढाएर मासिक ४ हजार पुर्याएका छन् ।

त्यस्तै अर्को लोकप्रिय कार्यक्रम हो, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने कार्यक्रम, त्यस्तै पाँच प्रतिशत व्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण लिन मिल्ने, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन, तरकारी, दूध र माछा मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट, ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गर्ने, निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट, विवादित गरिबी निवारण कोष खारेज, स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जालगायतका दर्जनौ लोकप्रिय कार्यक्रम रहेका छन् । शनिबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !