Sunday, April 20, 2025

ट्रेन्डिङ :

अमेजन सिइओ जेफ बेजोसले जुलाई ५ मा राजीनामा दिने

spot_img
spot_img

इ कमर्श कम्पनी अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसले आगामी जुलाई ५ देखि प्रमख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिने भएका छन् । बुधबार कम्पनीको वार्षिक शेयरधनी बैठकका क्रममा बेजोसले यस्तो घोषणा गरेका हुन् ।

राजीनामासँगै बेजोसले सिइओको जिम्मेवारी एन्डी जेस्सीलाई हस्तान्तरण गर्नेछन् । जेस्सीले अहिले अमेजन वेब सर्भिसको नेतृत्व गरिरहेका छन् । झण्डै ३ दशकसम्म कम्पनीको नेतृत्वमा रहेका बेजोस सिइओबाट राजिनामा पश्चात् पनि अमेजनको कार्यकारी अध्यक्षको रुपमा रहनेछन् ।

गत फेब्रुअरी महिनामा आयव्यय विवरण सार्वजनिक गर्ने क्रममा अमेजनले नेतृत्व परिवर्तनको घोषणा गरेको थियो । जस अनुसार जेस्सीले वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको सिइओको जिम्मेवारी लिने बताइएको थियो तथापि जेफले राजिनामा दिएर जेस्सीले जिम्मेवारी लिने यकिन तिथि चाहिँ तोकिएको थिएन ।

जुलाई ५ तारेख आफ्नो लागि निकै भावनात्मक दिन रहेको बेजोसले बताएका छन् । बेजोसले सन् १९९४ को जुलाई ५ मा अमेजन कम्पनी स्थापना गरेका थिए । बेजोसले भनेका छन् ‘कार्यकारी अध्यक्षको भूमिकामा स्थानान्तरण हुने कुराले म निकै उत्साहित छु । त्यहाँ मैले आफ्नो उर्जा तथा ध्यानलाई नयाँ प्रडक्ट तथा द्रुत प्रयासहरुमा केन्द्रित गर्नेछु ।’

गत फेब्रुअरीमा नेतृत्व हस्तान्तरणको घोषणा गर्ने क्रममा बेजोसले आफू अमेजनको सिइओबाट बाहिरिएर बेजोस अर्थ फण्ड तथा ब्लु ओरिजिन लगायतका कम्पनीहरुमा बढी समय व्यतित गर्न चाहेको बताएका थिए । पछिल्लो २४ वर्षसम्म अमेजन कम्पनीमा काम गर्दै आएका र हाल कम्पनीको सबैभन्दा मुनाफायुक्त विभागको नेतृत्व गरिरहेका आगामी सिइओ जेस्सी कम्पनीका लागि असाधारण नेतृत्वको रुपमा स्थापित हुने अपेक्षा बेजोसले गरेका छन् ।

जेस्सीसँग उच्चतम क्षमता रहेको भन्दै उनले अमेजन कम्पनीलाई विशेष बनाइराख्नका लागि आवश्यक उर्जा र क्षमता एन्डी जेस्सीसँग रहेको जेफ बेजोसले बताएका छन् । जेस्सीले अमेजन कम्पनीको सिइओको जिम्मेवारी लिएसँगै सफ्टवेयर कम्पनी ट्याब्लेउका सिइओ एडम सेलिप्स्की अमेजन वेब सिरिजको प्रमुख बन्नेछन् ।

सिएनएनबाट

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?