१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारीको नामबाट राखेकोमा योगेश भट्टराईको असन्तुष्टि !



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।

बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिएका थिए ।

नेता भट्टराईले ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

सुकेटार विमानस्थलबारे सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’

२०७५ साल फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्नेभिरमा एयर डायनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । अधिकारीको मृत्यु भएको पाँच महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङका योगेश भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !