११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

बजेटमा सिधासादा मतदातालाई ललिपप बाँडेको देखियो : डा. बाबुराम भट्टराई



काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भनेका छन् : ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बाँडेको देखियो ।’

पपुलिज्मममा पनि कुनै सिर्जनात्मकता नदेखिएका भट्टराईले बताए । उनले भनेका छन्, ‘बजेटमा उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’


प्रतिक्रिया दिनुहोस !