१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सस्तो भयो विद्युतीय कार, अन्तःशुल्क हट्यो, भन्सार १० देखि ४० प्रतिशत



विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क पूर्णरुपमा हटाइएको छ भने भन्सार १० देखि ४० प्रतिशत लाग्ने व्यवस्था गरेका थिए । चालु आर्थिक वर्षको बजेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार र अन्तःशुल्क वृद्धि गरेका थिए ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क पुरै मिनाह गरिएको छ भने भन्सार दर गाडीमा जडान भएको मोटर क्षमताको आधारमा लाग्ने व्यवस्था गरेको छ ।

आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५, २०० देखि ३०० किलोवाट क्षमताको मोटर भएकामा ३० र ३०० किलोवाट भन्दा माथिका साधनमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस !