१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बजेटको प्रारम्भिक प्रतिक्रिया : जेष्ठ नागरिकहरुमा उत्साह, कर्मचारीमा निराशा



काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८ ७९ को १६ खर्ब ४७ अर्ब ५७ करोडको वार्षिक वजेट विनियोजन गरे । जसमा सवा १० खर्ब आन्तरिक राजस्व परिचालन गर्ने र साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने लक्ष्यसहितको आएको बजेटमा थुप्रै लोकप्रिय कार्यक्रमहरु समावेश रहेका छन् । संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र राहतलाई प्राथमिकता दिइएको छ । त्यसका अतिरिक्त बजेटमा शिक्षा क्षेत्रमा सबभन्दा बढी बजेट रहेको छ । बजेटलाई वितरणमुखी बनाएर सरकारले लोकप्रियता प्राप्त गर्ने गर्ने खालका थुप्रै कार्यक्रम ल्याएको छ भएपनि आफुमाथि अन्याय भएको कर्मचारीहरु बताउँछन् । ओली सरकार काम चलाउ बनिसकेकाले लोकप्रिय बजेट ल्याउन नहुने पूर्वअर्थमन्त्रीहरुको सुझावलाई बेवास्ता गर्दै अर्थमन्त्री पौडेलले गत दुई आर्थिक बर्षका भन्दा कयौँ लोकप्रिय बजेट ल्याए ।

 सामाजिक सुरक्षा अन्र्तगतको बृद्ध भत्ता बढाएर मासिक ४ हजार पुर्याएपछि बुढापाकाहरु हर्सित भएका छन् । बृद्धभत्ता करिब ३३ प्रतिशतले बढाईएको हो । त्यस्तै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने कार्यक्रम ल्याईएको भए पनि यसले कर्मचारीलाई न्याय नगर्ने कर्मचारीहरु बताउँछन् । यसपटक करिब २० प्रतिशत तलब बढ्नेमा कर्मचारी ढुक्क देखिन्थे तर सबै कर्मचारीको समान २ हजार मात्र बढाईयो कर्मचारीमा अरु क्षेत्रमा जस्तो बजेटले उत्साहभन्दा सापेक्षित रुपमा निराशा बढाएको त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापक भन्छन् । अरुदेशमा प्राध्यापकको तलब एक डेढ लाख हुन्छ तर हाम्रो पचास हजार तलबले कोठा भाडा र दैनिक खर्च चलाउन धौ धौ हुन्छ, यसपकट बजेटले कर्मचारी उत्साहित छैनन्, कम्तिमा १५ प्रतिशतसम्म बढाउनु पथ्र्यो त्यसले कर्मचारीमा उर्जा थपिन्थ्यो उनले भने ।

त्यस्तै उपसचिव, अधिकृत, नायब सुब्बा र खरिदार बरियताका कर्मचारी पनि सन्तुष्ट देखिदैनन् । म एक खरिदार (चौथो) तहको कर्मचारी हुँ, मेरो तलब दुई हजार बढेपछि २७ हजार पुगेको छ । काठमाडौंमा कार्य क्षेत्र तलबले त कोठा भाडा र खाना खर्च पनि धान्न धौ धौ हुन्छ । तर कार्यालय सहयोगी भने सबै कर्मचारीको समान २ हजार बढ्नु राम्रो भएपनि पर्याप्त भने नभएको बताउँछन् । बजारको मुल्य अनुसार दाल, चामल, नुन, तेल, तरकारी, मरमसला, घरभाडा, इन्धन खर्चमै २५- ३० हजार खर्च जान्छ मालपोत कार्यालयका एक नायब सुब्बा भन्छन् । त्यस्तै अहिलेको मंहगी अनुसार २ अजार तलब बृद्धिले केही फरक नपर्ने कर्मचारीहरुको तर्क छ । कर्मचारीको तलब नबढेकाले यसपटक घरबेटीहरुले भने घर भाडा नबढाउने देखिन्छ । सरकारले कर्मचारीको मर्का बुझ्न नसकेको भन्दै कर्मचारीहरु निराश बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय