८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

संवैधानिक सुनुवाइ जारी, दुई न्यायाधीशलाई इजलासमा नराख्न माग



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

सुनुवाइको सुरुवात कानुन व्यवसायी गोविन्द बन्दीले गरेका छन् । उनले रिट निवेदक शेर बहादुर देउवाको पक्षबाट बहस गरेका हुन् ।

बन्दीले न्यायाधीशद्वय बम कुमार श्रेष्ठ र तेज कुमार केसीलाई इजलासमा नराख्न माग गरेका छन् ।

न्यायाधीश श्रेष्ठ तत्कालीन नेकपाको एकता खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने २३ फागुनको फैजला गर्ने दुई न्यायाधीशमध्ये एक भएको भन्दै अहिलेको सुनुवाइमा बस्दा स्वार्थ बाँझिने तर्क वकिलहरुको थियो । केसीले भने उक्त फैसलाविरुद्ध परेको पुनरोवलोकनको निवेदन खारेज गरेका थिए ।

यसअघि, शुक्रबारको सुनुवाइमा पनि संवैधानिक इजलासमा राखिएका न्यायाधीश बम बहादुर श्रेष्ठबारे अधिवक्ताहरुले प्रश्न उठाएका थिए ।


प्रतिक्रिया दिनुहोस !