१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन महान्यायाधिवक्ता बडालको चेतावनी



काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन रिट निवेदकलाई चेतावनी दिएका छन् । उनले न्यायाधीशमाथि प्रश्न उठाउने हो भने आफूहरुले पनि निवेदन दिने बताए । ‘फलानो न्यायाधीश हुन्छ र फलानो न्यायाधीश हुँदैन भन्ने हो भने हाम्रो पक्षबाट पनि यो हुन्न भनेर निवेदन हाल्छौं’ उनले भने ‘एउटा रिटमा १४६ जना निवेदक, अरु २५ जना निवेदक र १०० जना कानुन व्यवसायीको कुनै न कुनै न्यायाधीशलाई नाता पर्छ कि पर्दैन ?’

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठले नेकपा विभाजनसम्बन्धी मुद्दा हेरेको भन्दै रिट निवेदक पक्षका कानुन व्यवसायीले उनको सहाभगितामा प्रश्न उठाएका छन् । तर महान्यायाधिवक्ता बडालले अहिले नेकपा नभई प्रधानमन्त्री विपक्षी भएकाले उनले हेर्न मिल्ने दावी गरे ।

 


प्रतिक्रिया दिनुहोस !