Wednesday, March 19, 2025

ट्रेन्डिङ :

कोरोनाको ककटेल औषधि प्रयोग शुरु, एक डोजको ५९ हजार भारु पर्ने

spot_img
spot_img

काठमाडौं । भारतमा विहीवारदेखि कोरोनाको ककटेल औषधि प्रयोग गर्न थालेको छ । अहिलेसम्मकै सबैभन्दा प्रभावकारी मानिएको मोनोक्लोनल एन्टीबडी नामक कोरोनाको ककटेल औषधिको आपतकालीन प्रयोगको अनुमति भारत सरकारले दिएको हो । यो औषधिले शरीरमा प्रवेश गरेको ३० मिनेटभित्रै प्रभाव देखाउने बताइएको छ । यसले शरीरमा शक्तिशाली प्रतिरोधी क्षमता विकास गरेर भाइरसलाई कोषिकामा प्रवेश गर्न नदिने विज्ञहरुको भनाइ छ ।

यो औषधि प्रयोग गरेको २४ घण्टाभित्रै कोरोना संक्रमण मुक्त हुने बताइएको छ । यो औषधि प्रयोग गरेका दिल्लीका एक ८४ वर्षीय वृद्ध एकदिनमै कोरोना संक्रमणबाट निको भएको नवभारत टाइम्सले जनाएको छ । केही महिनाअघि अमेरिकाका राष्ट्रपति जो वाइडेनले पनि कोरोना संक्रमित हुँदा यही औषधि सेवन गरेर एकदिनमै संक्रमणमुक्त भएको बताइएको छ । भारतमा विहीवारदेखि आपतकालीन प्रयोगको अनुमति पाएको कोरोनाको ककटेल औषधिको मूल्य एक डोजको ५९ हजार भारु रहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?