४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

प्रधानमन्त्रीको गृहजिल्ला झापामा बजेटको ओइरो, जताजतै ठुलठुला आयोजनाहरुको खात



काठमाडौं- आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा ठुलठुला आयोजनाहरुको खात लागेको छ । झापा जिल्ला त्यसमा पनि तीनवटा ठूला कार्यक्रम प्रधानमन्त्रीको गृहनगर र एउटा कमल गाउँपालिकामा परेका छन्। बजेटले अधिकांश विकास पूर्वाधारको निर्माण दमकमा केन्द्रीत भएको देखिन्छ । दमकमा मात्र आगामी आर्थिक बर्षका लागि बाल साहित्य प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको ‘बाल प्रज्ञा प्रतिष्ठान’ स्थापनाका लागि बजेट विनियोजन भएको छ । जसअनुसार दमकमा गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन पाराडाइज स्थापना गरिने छ ।

त्यसैगरी बजेट वक्तव्यमार्फत आदिवासी रंगशाला निर्माण स्थलपनि दमकमा सारिएको छ । त्यस्तै दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माण गरिनेछ । त्यसैगरी बहुतले बसपार्कसहितको सिटी पार्क निर्माणका लागि पनि दमक नै छानिएको छ। दमकमै दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  झापाको चन्द्रगढीमा उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने भएको छ । बिर्तामोड–भद्रपुरलगायत देशका प्रमुख सहरी क्षेत्रमा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने सरकारले घोषणा गरेको छ ।

बिर्तामोड–चन्द्रगढीलगायत नगरपालिकालाई मेगा सिटीमा विकास गरिने पनि बजेटमा उल्लेख छ । भद्रपुर नगरपालिकामा सडक,ढल,खानेपानी,मनोरञ्जन पार्क,बसपार्क,शिक्षा तथा स्वास्थ्य क्षेत्रका सहरी पूर्वाधार आयोजना परेका छन् । भारतको सिलिगुडीदेखि मेचीनगरको चार आलीसम्म पेट्रोलियम पाइप लाइनका लागि पनि रकम छुट्याएको छ।​गौरीगन्ज गाउँपालिकामा दिगो,सुरक्षित र प्रविधिमैत्री स्मार्ट सिटी निर्माण गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय