१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चीनबाट खोप ल्याउन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै



काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ । विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !