१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

हात मिलाएर आ-आफ्नो बाटो लागौं, हिँडिरहे फेरि भेट हुन्छ : डा. भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले समयले नयाँ ध्रुविकरण खोज्छ भन्दै नेताहरू हात मिलाएर आआफ्नो बाटोमा लाग्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उहाँले नयाँ बन्नका लागि पुरानो भत्कनै पर्ने बताउँनुभएको छ । अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको टिप्पणी गर्दै उहाँले भन्नुभएको छ, ‘नयाँ निर्माणका निम्ति पूरानो भत्कनै पर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ ।’ मान्छे तानातान र किनबेचको तमासा नगर्न समेत उहाँले अपिल गर्नुभएको छ । ‘अत : मान्छे तानातान र किनबेचको तमासा नगरौं १ भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ १ हात मिलाएर आआफ्नो बाटो लागौं हिँडिरहे फेरि भेट हुनेछ ’

 


प्रतिक्रिया दिनुहोस !