१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मन्त्रालय बाँडफाँटको छलफल गर्न बालुवाटार पुगे ठाकुर र महतो



काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। अध्यक्ष ठाकुरनिकट जसपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ। सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनाएको छ । यसैबीच जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै आ–आफ्नो बाटो लाग्न आग्रह गरेका छन् । ‘भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस !