७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कोभिडको नक्कली औषधि बेचेको भन्दै भारतमा ३५० जना पक्राउ



बीबीसी । छिमेकी भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ। ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो।प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले बीबीसीलाई यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताए।

हाल भारत कोभिडको घातक दोस्रो लहर नियन्त्रण गर्न सङ्घर्षरत छ। बितेको चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ६५ हजार नयाँ सङ्क्रमित भेटिएको र सो अवधिमा ३ हजार ४६० जनाको ज्यान गएको बताइएको छ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २ करोड ७८ लाख नाघेको छ। हाल त्यहाँ २१ लाख मानिसमा सक्रिय सङ्क्रमण छ।कोभिडका कारण भारतमा ज्यान गुमाउनेहरूको सङ्ख्या सवा तीन लाख नाघेको छ।

अढाइ करोडभन्दा धेरै मानिस निको भइसकेका छन्।भारतमा हालसम्म २१ करोडभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय