Sunday, March 16, 2025

ट्रेन्डिङ :

चीनमा अब तीन सन्तान जन्माउन पाईने

spot_img
spot_img

एजेन्सी । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको नीतिलाई राष्ट्रपति सि जिनपिङले अनुमोदन गरेका हुन् । चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो । यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग नगरेको बताईन्छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?