१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

अरबौँ बजेट खेर जाँदै, १० वर्षमा कृषिबाट १३.५ प्रतिशत पलायन



काठमाडौं । पछिल्लो १० वर्षमा कृषि पेशाबाट १३.५ प्रतिशत पलायन भएका छन् । जसको असर समग्र अर्थतन्त्रमा पर्न थालेको सरकारी अध्ययनबाट देखिएको छ । आर्थिक वर्ष २०६८-६९ देखि चालु आर्थिक वर्षको अन्त्यसम्म कृषि, वन र मत्स्यपालनबाट कृषकहरु पलायन हुने दर बढेको हो । नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार २०६८/६९ मा ७३.९ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेकोमा सो दर अहिले घटेर ६०.४ प्रतिशतमा झरेको छ । कृषिमा आधारित जनसंख्या पलायनको असर मुलुकको कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रले पुर्‍याउने योगदानमा पनि देखिएको छ । १० वर्षको अविधिमा कृषिबाट जीडीपीमा हुने योगदान ६.९ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ मा जीडीपीमा कृषिको योगदान ३२.७ प्रतिशत रहेकोमा चालु आवको अन्तिमसम्म यो आकार २५.८ प्रतिशत मात्रै रहने सरकारी अनुमान छ । यो बर्ष पनि सरकारले कृषि क्षेत्रमा ४५ अर्ब बढी बजेट छुट्याएको छ ।


प्रतिक्रिया दिनुहोस !