Monday, March 17, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

spot_img
spot_img

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

नियमित बैठक भएकाले कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय बैठकको एजेन्डा हुनसक्ने मन्त्री ढकालले जानकारी दिए । गत शनिबार मात्र आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको सरकारले कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।

जनस्वास्थ्यविदहरुले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य रहेको सुझाव दिइरहेकाबेला सरकारले विभिन्न देशसँग खोप खरिदको प्रक्रिया अगाडि बढाइरहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?